ज्ञानको ज्योति छर्ने पवित्र मन्दिर यस विद्यालयको आधिकारिक वेवसाइट सार्वजनिक भएको घोषणा गर्न पाउँदा मलाई अत्यन्तै हर्ष र गौरवको अनुभुति भएको छ । सुचना प्रविधिको यो आधुनिक युगमा विद्यालयलाई डिजिटल माध्यमसंग जोडदै सम्पुर्ण सरोकारवालाहरुसंग सहज पहँुच स्थापित गर्ने उद्देश्यका साथ हामीले यो नयाँ सुरुवात गरेका छौं । यस सुखद अवसरमा म विद्यालय परिवार, अभिभावक तथा हाम्रा शुभचिन्तकहरुमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । विद्यालय केवल अक्षर चिनाउने वा परिक्षा उत्तिर्ण गराउने थलो मात्र होइन,यो त बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने,उनीहरुलाई नैतिकवान,जिम्मेवारी र प्रतिश्पर्धा नाग।िरक बनाउने एक पवित्र कार्यशाला हो । वर्तमान परिपेक्षामा समयासापेक्ष र व्यवहारिक शिक्षा आजको मुख्य आवश्यकता हो । हाम्रा विद्यार्थीहरुले विश्वव्यापी बजारमा प्रतिश्पर्धा गर्न सकून र साथै आफ्नो माटो,सस्ंकृति र मानवीय मूल्य मान्यतालाई पनि बिर्सन नदिउन् भन्ने कुरामा हाम्रो व्यवस्थापन समिति सदैव सचेत र प्रतिबद्ध छ । हामीले विद्यालयमा भौतिक पूर्वाधारको बिकास, प्रविधिमैत्री कक्षाकोठा (क्ष्ऋत्) समृद्ध पुस्तकालय र खेलकुदका गविविधिहरुलाई उच्च प्राथमिकता दिदै आएका छौं । दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको लगनशीलता र विद्यार्थीहरुको कडा परिश्रमकै कारण यस विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा सधै उत्कृष्ट स्थान हासिल गदै आएको छ । यो वेबसाइडको निमार्णसंगै अव अभिभावकहरुले आपना बालबालिकाको शैक्षिक गतिविधि,विद्यालयको सूचना र आगामी योजनाहरुको बारेमा घरमै बसेर सजिलै जानकारी लिन सक्नुहुनेछ । यसले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप पारदर्शी र प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ । शिक्षाको गुणस्तर सुधारगर्ने यात्रामा यहाँहरुको रचनात्मक सुझाव र प्रतिक्रिया हाम्रा लागि सधैं मार्गदर्शन बन्नेछन । अन्तमा, २०३३ साल पौष ९ गते विधिवत् रुपमा तत्कालीन पञ्चायती सरकारबाट श्री पञ्चकन्या नि.मा.वि.स्वीकृत भई कक्षा सञ्चालान भएकोमा हाल यस पञ्चकन्या माविले आफ्ैले एक अद्भुत इतिहास बोकेको आभास पाइन्छ,साथै हालसम्म सरोकारवाला अभिभावक, बुद्धिजिवी शिक्षक तथा विद्यालयको सर्वाङ्गििण विकासको लागि निरन्तर सहयोग पु(याउनु हुने प्रअ,अहोरात्र खटिने शिक्षक एवम् कर्मचारी, स्थानीय समुदाय,शिक्षाप्रेमी लगायत अन्य शुभेच्छुक मित्रहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । हाम्रा विद्यार्थीहरुको भविष्य उज्जवल बनाउन हामी अझै दृढ संकल्पका साथ अघि बढ्ने प्रण गर्दछौ । धन्यवाद
