यस विद्यालयमा खेलकुद मैदानको व्यवस्था छ । भलिवल, फुटबल, ज्याबलिङ थ्रो , दौड, सटपुट, हाइजम्प, लङजम्प आदिको लागि प्रयाप्त मैदानको व्यवस्था छ । विद्यालयमा सञ्चालन हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू खेल मैदानमै हुने गरेको छ । विद्यालयको विभिन्न कार्यक्रम, भेला र समारोहहरु विद्यालयको प्राङ्गण खेल मैदानमै हुने गरेको छ ।